सात मधेसवादी राजनीतिक दलद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

चैत्र २१, २०८१ बिहीबार
सात मधेसवादी राजनीतिक दलद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

सात मधेसवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सात मधेसवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन् । मोर्चामा तराई÷मधेसकेन्द्रित सात राजनीतिक दलहरु आवद्ध छन् । जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशिल पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले संयुक्त मोर्चा घोषणा गरेका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न÷गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिवद्धताहरू रहेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images