छिट्टै दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न सांसदहरुको दबाब

चैत्र २१, २०८१ बिहीबार
छिट्टै दशौं राष्ट्रिय खेलकुद आयोजना गर्न सांसदहरुको दबाब

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यले युवाहरूले प्रतिक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुदको आयोजनामा युवा तथा खेलकुद मन्त्रालयले ढिलासुस्ती गरेको भन्दै छिट्टै आयोजना गर्न दबाब दिएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीवार बसेको बैठकमा समितिका अधिकांश सांसदले सदस्यले खेलाडीहरूले प्रतिक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुद छिटै आयोजना गर्न दबाब दिएका हुन् । खेलकुद आयोजनामा ढिलासुस्ती गरेको भन्दै समितिले बिहीवार खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का ध्रुव आचार्य र सदस्यसचिव टंकलाल घिसिङलाई बोलाएको थियो । उक्त बैठकमा समितिका सदस्य तथा सांसदहरूले समयमा खेलकुद आयोजना गर्न आग्रह गरे ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images