नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले कार्यक्रम हुनुपूर्व नै सरकारको तर्फबाट अश्रुग्यास र हवाई फायर भएपछि आन्दोलनकारीहरु बिथोलिएको जिकिर गर्नुभएको हो । उहाँले मञ्चमा कार्यक्रम गर्न नदिकनै आन्दोलन बिथोल्ने काम सरकारबाट भएको बताउनु भयो । लोकतन्त्रमा सबै किसिमका विचार बोक्नेहरुले स्वतन्त्रतापूर्वक आफ्ना धारणा राख्न पाउनुपर्ने बताउनु भयो । सांसद शर्माले पार्टीहरु मिलेर जनतामाथि दमन गरेको बताउनु भयो ।