विरोधका बीच ट्रम्पद्वारा पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर

चैत्र २१, २०८१ बिहीबार
विरोधका बीच ट्रम्पद्वारा पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर

विरोधका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार पारस्परिक कर सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसमा केही व्यापारिक साझेदारहरूमा १० प्रतिशत न्युनतम आधारभुत कर र उच्च दरहरू लगाइनेछ । कार्यकारी आदेशमा भनिएको छः ‘अन्यथा व्यवस्था गरिएको बाहेक सबै आयातहरूमा १० प्रतिशत अतिरिक्त कर लगाइनेछ । यो अप्रिल ५ देखि लागू हुनेछ ।’ चीनले ३४ प्रतिशत, युरोपेली संघले २० प्रतिशत, भियतनामले ४६ प्रतिशत, जापानले २४ प्रतिशत, भारतले २६ प्रतिशत, दक्षिण कोरियाले २५ प्रतिशत, थाइल्याण्डले ३६ प्रतिशत, स्विट्जरल्याण्डले ३१ प्रतिशत, इन्डोनेसियाले ३२ प्रतिशत, मलेसियाले २४ प्रतिशत र कम्बोडियाले ४९ प्रतिशत करको सामना गर्नुपर्नेछ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images