कार्यवाहक राष्ट्रपतिको रूपमा सेवा गरिरहनुभएका दक्षिण कोरियाली प्रधानमन्त्री हान डक–सूले राष्ट्रपति युन सुक–योलको महाभियोगको बारेमा निर्धारित फैसला स्वीकार गर्न आग्रह गर्नुभएको छ । जुनसुकै निर्णय भएपनि कानूनको शासनको सिद्धान्तअनुसार परिणामहरूलाई शान्त र समान रूपमा स्वीकार गर्नुपर्ने बताउनु भयो ।