कुराकानीका क्रममा उहाँले नगर विकास कोषले विभिन्न योजनामा ५० भन्दा बढी नगरपालिकाहरुसँग मिलेर काम गरिरहेको बताउनु भयो । उहाँले १५ अर्ब रुपैयाँका आयोजनाहरुमा नगर विकास कोषको ६ अर्ब रुपैयाँ लगानी हुनेगरी आयोजनाहरु निर्माणाधिन अवस्थामा रहेको जानकारी दिनुभयो । २० भन्दा धेरै आयोजनाहरु निर्माण सम्पन्न भइसकेको बताउनु भयो ।