पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) विद्रोहीहरूले गरेको आक्रमणमा कम्तीमा १० नागरिकको मृत्यु भएको स्थानीय स्रोतले बताएको छ । स्थानीय नागरिक समाजका अनुसार, एडीएफ विद्रोहीहरूले उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थित गाउँ मङ्गोडोमुमा घुसपैठ गरेका थिए । जुन क्षेत्र २०२१ देखि सेना र प्रहरी प्रशासनको अधीनमा छ ।